संसदीय समितिबाट पर्यटन विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

संसदीय समितिबाट पर्यटन विधेयक पारित

काठमाडाैं । पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन संसदीय समितिबाट पारित भएको छ । सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो मस्यौदा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको हो ।

माघ ९ गते बोलाइएको राष्ट्रिय सभा बैठकमा पेश गर्नेगरी सो मस्यौदा प्रतिवेदन पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले नेपाल पर्वतारोहण संघलाई एकाधिकार दिन नहुने, युद्ध पर्यटन सम्बन्धि अवधारणामा जेन–जी आन्दोलनलाई पनि सम्बोधन गर्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो भने कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संघीयतामा कुनैपनि एउटा संस्थालाई मात्रै एकाधिकार दिने कुराको पक्षमा सरकार नभएको स्पष्ट पार्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार