आगामी निर्वाचनमा नेपाली कांग्रेस एकतावद्ध हुनुकाे विकल्प छैन : सहमहामन्त्री राणा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

आगामी निर्वाचनमा नेपाली कांग्रेस एकतावद्ध हुनुकाे विकल्प छैन : सहमहामन्त्री राणा

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली काँग्रेस एकतावद्ध भएर जानुको विकल्प नभएको बताउनुभएको छ । काँग्रेसको शनिवार बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले काँग्रेस एकतावद्ध नभएका समस्या आउने बताउनुभएको हो ।

उहाँले विशेष महाधिवेशनले सुतेर बसको काँग्रेसलाई जागरुक बनाएको बताउनु भयो । यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा पार्टीलाई ठुलो असर गर्ने उहाँको भनाइ छ । उहाँले पार्टी र देशको लागि एकतवद्ध हुन सबैलाई आग्रह गर्नुभयो । निर्वाचनको लागि उम्मेद्वार सिफारिसमा अब भागबण्डा नहुने पनि उहाँले बताउनुभयो । टिकटमा अब ६०/४० को भागवण्डा अन्त्य हुने उहाँको दाबी छ । उहाँले जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेद्वार बनाउने बताउनुभयो ।

काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भएकोले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । विशेष महाधिवेशनले दिएको म्याण्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नयाँ पुरानो नभनी सबै एकजुट भएर निर्वाचनमा होमिन उहाँले आग्रह गर्नुभयो । निर्वाचनमा जाँदा नविन काँग्रेसको मानसिकता बोकेर जानुपर्ने उहाँले बताउनुभयो ।

काँग्रेस नेताहरुले विशेष महाधिवेशनलाई कसैको जित र हारको विषय नबनाई अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ । काँग्रेसमका लामो समयदेखि योगदान पुर्याउने नेताहरुलाई सम्मानका साथ उचित भूमिका दिनुपर्नेमा आफूहरु स्पष्ट रहेको उहाँहरुको भनाइ छ ।

Leave a Reply