गठबन्धनलाई भारीमतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गठबन्धनलाई भारीमतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी

श्याम गुप्ता
बारा।  बाराकाे कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी हुँनुभएकाे हाे । उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार बिनोद साह २४ हजार १३९ मत प्राप्त गर्दै बिजयी हुँनु भएकाे हाे । उहाँले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस बाराका सभापति समेत रहँनुभएका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो अतान्तरले पराजित गर्नुभएकाे छ । यादवले १८ हजार ५४० मत मात्र प्राप्त गर्नुभएकाे छ । हाल पराजित यादवको २०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा भएको थियो । त्यस बेला प्रमुख, उपप्रमुख दुबैमा काँग्रेसले जितेको थियो । १८६ मतको अग्रतामा काँग्रेसका वर्तमान सभापति समेत रहँनुभएका यादव निर्वाचित हुँनुभएकाे थियाे ।

२०७९ मा त्यसको गतिलो मतका साथ यादव उहाँको पार्टी काँग्रेससँग एमालेका जिल्ला अध्यक्ष समेत रहँनुभएका साहले बदला लिनुभएकाे छ । यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी हुँनुभएकाे छ । परविनले १९ हजार २५१ मत प्राप्त गर्नुभएकाे छ । उहाँले साझा गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) का उमेदवार प्रमोद गुप्तालाई पराजित गर्नुभएकाे छ । संविधानसभा सदस्य समेत रहँनुभएका गुप्ताले १८ हजार ३०२ मत पाउँनु भयाे । उहाँ ९४९ मत ले पछाडी पर्नुभएकाे हाे । परिवन मुस्लिम समुदायकी गृहणी महिला हुँनुहुँन्छ, भने गुप्ता २०६४ सालका संविधानसभा सदस्य तथा २०७४ का कलैया उपमहानगर प्रमुखका उम्मेदवार हुँनुहुँन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);