एमालेलाई पनि कांग्रेस जस्तो बनाउन खोजेका थिए : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

एमालेलाई पनि कांग्रेस जस्तो बनाउन खोजेका थिए : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अहिलेको नेपाली काँग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताउनुभयो । पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उहाँको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्नेगरी भाष्य निर्माण गर्न नहुने बताउनुभयो ।

Leave a Reply