प्रेमी विदेशमा, प्रेमिकाले गरिन् बिहे: बिहेकै रात जन्मियो बच्चा | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

प्रेमी विदेशमा, प्रेमिकाले गरिन् बिहे: बिहेकै रात जन्मियो बच्चा

लहान,२९ माघ । सिरहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाकिर निस्कन सकेका छैनन् । बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए ।

तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य आश्चर्यमा परे। उमेशको परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए । शोभालाई उमेशले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन् । उनी यसरी फिर्ता भएपछि परिवारकै तथा छरछिमेकमा तनाव बढेको स्थानीय नथुनी रामले बताए ।

उनले भने,शोभासँग सोधपुछ गर्दा शैलेन्द्ररामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएकी छन् । त्यसपछि शोभालाई शैलेन्द्रको घर पठाइएको छ । प्रेमी भनिएका युवक साउदी अरबमा रहेका कारण समस्या भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।