सभापति थापाकाे नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

सभापति थापाकाे नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक

काठमाडाैं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुरु भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा जारी रहेको हो ।

बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको छ । गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न काँग्रेस विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।

विशेष महाधिवेशनपछि पार्टीमा विभाजनको स्थिति सिर्जना भएको अवस्थामा यो बैठकलाई महत्वपूर्ण मानिएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

Leave a Reply