काठमाडाैं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ ।
एकल उम्मेदवारी परेकाले विशेष महाविधेशनबाट थापा सभापतिमा निर्वाचित भएको घोषणा गरिएको हो ।
भृकुटीमण्डपमा भएको दोस्रो विशेष महाधिवेशनमार्फत थापाको नेतृत्वमा पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका महाधिवेशनको निर्वाचन समितिले औपचारिक घोषणा गरेको हो । निर्वाचन समितिका संयोजक सिताराम केसीले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य सर्वसम्मत भएको जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापतिमा सर्वसम्मत हुनुभएको छ । संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि नयाँ कार्यसमिति समिति घोषणा भएको हो । उता कांग्रेस कार्य सम्पादन समितिले गगन थापा र विश्वप्रकाश शर्मालाई ५ बर्षका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।





