माघे संक्रान्तिको मीठास : चाकुको स्वादिलो यात्रा (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

माघे संक्रान्तिको मीठास : चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

काठमाडाैं । नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र वसन्तको आगमनको सङ्केत मानिन्छ । यो पर्वमा चाकुको विशेष महत्व छ । उखुको रसलाई लामो समयसम्म उमालेर घिउ हालेर तयार पारिने यो मीठाइले शरीरलाई न्यानो राख्ने र स्वास्थ्यवद्र्धक मानिन्छ । पुरानो विश्वासअनुसार माघे संक्रान्तिमा चाकु खाँदा रोगव्याधि भाग्छ र नयाँ वर्षमा शुभ हुन्छ । परम्परागत रूपमा यो दिन चाकुको साथमा तिलको लड्डु, घिउ, तरुल, सखरखण्ड र खिचडी खाने चलन छ । घरका महिला दिदीबहिनीहरू बिहानै उठेर चाकु बनाउँछन् भने बजारमा पनि चाकुको ठूलो व्यापार हुन्छ ।

यो पर्वमा चर्खा घुमाउँदै ऊन कातेर चाकु खाने पुरानो परम्परा अझै कायम छ । यो कामले शरीरलाई न्यानो राख्छ र चाकुको मीठासले मनलाई आनन्द दिन्छ भन्ने जनविश्वास छ । तराईको थारू समुदायमा यो पर्व माघीका रूपमा नयाँ वर्षको रूपमा धुमधामसँग मनाइन्छ । नयाँ अन्न, माछामासु र विशेष गरी चाकु तथा तिलका परिकारहरूले माघीको भोज भव्य बन्छ । यसरी माघे संक्रान्तिले नेपाली समाजको विविधता र एकताको मीठो सन्देश बोकेर आउँछ । चाकु केवल एउटा मीठाइ होइन, यो हाम्रो संस्कृति, स्वास्थ्य र मौसम परिवर्तनसँग जोडिएको परम्पराको प्रतीक हो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका तस्बिरहरु ।

Leave a Reply