विशेष महाधिवेशनको औचित्य छैन, सबै निर्वाचनतर्फ लागौँ : नेता सिटौला | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

विशेष महाधिवेशनको औचित्य छैन, सबै निर्वाचनतर्फ लागौँ : नेता सिटौला

काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताउनुभएको छ । नेता सिटौलाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएकाले नै १५ औँ नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको बताउनुभएको हो ।

उहाँले पार्टीको नियमित १५ औं महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको बारेमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने निर्णय गरिसकेकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेता सिटौलाले विशेष महाधिवेशनतर्फ नलाग्न र निर्वाचनतर्फ लाग्न पार्टीका नेता र कार्यकर्ताहरुसँग आह्वान गर्नुभयो । १५ औं नियमित महाधिवेशन सफलतापूर्वक सम्पनन्न गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो

Leave a Reply