'पर्यटन व्यवसायीको समस्या समाधान गर्न वाग्मती प्रदेश सरकार तयार' | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

‘पर्यटन व्यवसायीको समस्या समाधान गर्न वाग्मती प्रदेश सरकार तयार’

काठमाडाैं । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपालको आर्थिक उन्नति पर्यटन व्यवसायबाट मात्र सम्भव रहेको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आईतवार आयोजित ५८ औँ वार्षिकोत्सवमा उहाँले पर्यटन व्यवसाय फस्टाउन नसकेसम्म देशको आर्थिक उन्नति सम्भव नहुने बताउनुभएको हो ।

उहाँले प्रदेश सरकार पर्यटन क्षेत्रका व्यवसायीहरुको समस्यालाई समाधान गर्न तयार रहेको बताउनुभयो । उहाँले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो । प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर यस क्षेत्रका समस्या समाधान गर्न तयार रहेको उहाँको भनाइ थियो ।

पर्यटन व्यवसाय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्नुहुदै उहाँले ऐन–कानुन तथा विभिन्न राजनीतिक गतिविधिका कारण व्यवसायीले समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।

Leave a Reply