संखुवासभा, २८ माघ । संखुवासभा दुधजन्य बस्तुमा आत्मनिर्भर हुँदै गएको छ । संखुवासभा बार्षिक १२ हजार मेट्रिकटन दुध उत्पादन हुन थालेपछि आत्मनिर्भर हुँदै गएको हो ।
संखुवासभाका कृषकले दुधको व्यापारबाट राम्रो आम्दानी गर्न थालेका छन् । बार्षिक १२ हजार मेट्रिकटन भन्दा धेरै दुध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयको भनाई छ । सदरमुकाम खाँदबारीमा प्रतिलिटर ६० देखि ७० रुपैंयाँसम्म दुध बिक्रि हुने गरेको छ ।
संखुवासभामा दुधजन्य बस्तुबाट बार्षिक ७० करोढ बढिको कारोबार हुने गरेको छ ।




