निर्वाचनमा जान तयार छौँ तर निर्वाचनको वातावरण बनेको छैन, सुरक्षाको चुनौती छ : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

निर्वाचनमा जान तयार छौँ तर निर्वाचनको वातावरण बनेको छैन, सुरक्षाको चुनौती छ : सभापति देउवा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनुभएको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको शिर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताउनुभयो । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘सबै पार्टीहरु चुनावमा जान तयार छन् । काँग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुप¥यो । एमाले पनि तयार छ ।’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply