काठमाडाैं । नेपाली काँग्रेसले तोकिएको समयमै महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ । केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको हो ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको र यसको व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा नै रहेको बताउनुभयो ।
जिल्ला जिल्लामा गरिएको परिपत्र क्रमसंख्या नभएको सक्रिय सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था रहेको प्रवक्ता महतको भनाइ छ ।





