नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो : शिक्षामन्त्री

काठमाडाैं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताउनुभएको छ । त्रिभूवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको मात्र नभइ विश्वको समृद्धिको साँचो भएको बताउनुभयो । प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्न जरुरी रहेको बताउनुभयो । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर नपुग्ने भन्दै त्रिभूवन विश्वविद्यालयमा रहेका व्यवहारिक ज्ञान, विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पुनले अनुसन्धान केन्द्रहरु भविष्यमा आउनसक्ने समस्याको पहिचान गरी समाधान गर्नसक्ने थलो भएको बताउनुभयो ।

Leave a Reply