अध्यक्ष ओलीले ८४३ मत प्राप्त गर्दा पोखरेललाई २९६ मत | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

अध्यक्ष ओलीले ८४३ मत प्राप्त गर्दा पोखरेललाई २९६ मत

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली ८४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल २९६ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा अरुण नेपाल ७९, गुरुप्रसाद बराल २४२, गोकर्णराज विष्ट २५६, टकंप्रसाद कार्की ७५, पर्शुराम मेघि गुरुङ्ग ८६, प्रथ्वीसुव्वा गुरुङ ३५६, भिमप्रसाद आचार्य ५१, रघुजी पन्त २५३, रामबहादुर थापा बादल ३०९, विन्दा पाण्डे १६९, विष्णुप्रसाद पौडेल ३४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महासचिवमा शंकर पोख्रेल २४९ मत र सुरेन्द्रप्रसाद पाण्डे १९४ मत प्राप्त गर्नुभएको छ ।

सोही अनुसार उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल १३३ मत, योगेश भट्टराइ २६४ मत, रघुविर महासेठ २६७, राजेन्द्रप्रसाद गौतम ५५, लेखराज भट्ट २९३ र विष्णुप्रसाद रिमाल २२० र वैजनाथ चौधरी ९७ प्राप्त गर्नुभएको छ ।

त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल १३९ मत, इन्द्रलाल सापकोट ७४, कर्णबहादुर थापा १६६ मत, कृष्णगोपाल श्रेष्ठ ११४, र खगराज अधिकारी २७९, गोकुलप्रसाद बास्कोटा १९२, छविलाल विश्वकर्मा ३११, ठाकुरप्रसाद गैरे १७५, पद्माकुमारी अर्याल ३०५ मत, पुर्सोतम पौडेल ८६, पेम्वा लामा ८५, भानुभक्त ढकाल २२५, महेश बस्नेत ३११, यमलाल कडेल २५९, रचना खड्का १५९, राजन भट्टराइ २३५, लालबाबु पण्डित १५०, विनोदप्रसाद ढकाल १४८, शेरधन राई ३००, हिक्मत कुमार कार्की २७४ मत प्राप्त गर्नुभएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अबको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणना अनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ ।

Leave a Reply