जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायो : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायो : अर्थमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगाउन सफल भएको बताउनुभएको छ । काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो, अर्थतन्त्र ध्वस्त भयो, नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तिब्रगतिमा पुनःनिर्माण गरेको बताउनुभयो । कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको देखाएको बताउनुभयो ।

उहाँले उपभोग्य वस्तुको आयातले उपभोग बढाएको बताउनुभयो । गत तीन महिनाको अवधिमा भदौ महिनामा केही ह्रास भएपनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा कर राजश्व वृद्धि भएको बताउनुभयो ।

मन्त्री खनालले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभयो । नेपालको इतिहासमै अक्टोबर २०२५ मा सबैभन्दा धेरै पर्यटक आएको बताउनुभयो । अन्तर्राष्ट्रिय जगतले पनि जुनसुकै संकटबाट पनि नेपाल छिटो पुनरुत्थानको बाटोमा जाने गरी हेरिरहेको बताउनुभयो ।

Leave a Reply