प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, समसामयिक राजनीतिबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, समसामयिक राजनीतिबारे छलफल

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारसहिति संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरुमा आगजनी र तोडफोड समेत भएको थियो । प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गर्नुभयो ।

कार्की र भण्डारीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।

Leave a Reply