माटो व्यवस्थापन सरकारकाे प्राथमिकतामा : कृषिमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

माटो व्यवस्थापन सरकारकाे प्राथमिकतामा : कृषिमन्त्री

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।  १२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दाबी गर्नुभएको हो ।

मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रिय कृषि प्रयोगशालाले किसानहरुलाई सेवा प्रदान गर्दै आएको समेत बताउनुभयो । उहाँले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्यावधिक गर्ने काम पनि भईरहेको बताउनुभयो । सरकारले माटो परीक्षण, सन्तुलित मलको प्रयोगका लागि प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि जस्ता कामहरु गर्दै आएको मन्त्री परियारको जिकिर थियो ।

मन्त्री परियारले रसायनिक एवं प्राङ्गारिक मल व्यवस्थापनका लागि पनि सरकारले ठोस योजनाका साथ काम गरिरहेको बताउनुभयो ।

Leave a Reply