साफ महिला क्लव च्याम्पियनसिपको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

साफ महिला क्लव च्याम्पियनसिपको तयारी पूरा

काठमाडाैं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नै घरेलु मैदानबाट शुरुवात हुने साफ क्लव च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी मंसिर १९ देखि आगामी पुष ५ गतेसम्म क्लब च्याम्पियनसिप हुनेछन् । दक्षिण एशियाली फुटबलको स्तरवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लव, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रश्तुत गर्दैछन् ।

प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने उल्लेख छ । पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ । सबै टोली बुधबार नै नेपाल आइपुग्नेछन् । उनीहरूले च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा अभ्यास गर्ने तालिका छ । यस प्रतियोगिताको टिकट साधारण प्यारापिटतर्पm तीन सय र भिआइपी पारापिटमा पाँच सय रुपैयाँ तोकिएको छ ।

एन्फाका महासचिव किरण राईले प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रालीलाई ५१ लाख ५० हजार रुपैयाँमा बेचेको बताए । साफले त्यो रकमबाट आयोजकका रूपमा एन्फालाई ७० प्रतिशत रकम प्रदान गर्ने राईले उल्लेख गरेका छन् । बाँकी ३० प्रतिशत रकम पुरस्कारमा खर्च हुने भएको छ । आयोजनाका लागि बाँकी लागत साफले नै बेहोर्नु एन्फाका महासचिव राईको भनाइ छ ।

सोही पत्रकार सम्मेलनमा एन्फाले सोमवार नै बसेको कार्यसमिति बैठकले गरेको १२ वटा निर्णय पनि सार्वजनिक ग¥यो । एएफसीको इक्वेल पिच कार्यक्रमअन्तर्गत दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्ने प्रस्ताव पेश गर्ने तथा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानलाई परिवर्तन गर्नुका साथै धनगढी र धुलिखेलमा पनि कृत्रिम घाँसे मैदान राख्ने निर्णयमा उल्लेख छ । साथै एन्फाका महासचिव राईले राष्ट्रिय लिग खेल्न चाहने सहिद स्मारक ‘ए’ डिभिजन क्लबलाई खुला गरेको बताएका छन् । त्यसका लागि मंगलबार सम्म समयसीमा तोकेको उनले उल्लेख गरे ।

यसअघि एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र सहिद स्मारक ‘ए’ डिभिजन लिग (सन् २०२३) का शीर्ष ६ टोलीले राष्ट्रिय लिग खेल्न पाउने प्रावधान थियो । तर, एन्फाले आगामी पौष २५ देखि सुरु गर्ने राष्ट्रिय लिगमा शीर्ष डिभिजनका अन्य क्लबलाई पनि खेल्न आह्वान गरेको छ । साथै एन्फाका महासचिव राईले फिफाको सिएओमा संशोधन गरी सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि समावेश गरेको बताएका छन् । अब यो रकमबाट एन्फाले शीर्ष लिगका लागि पनि खर्च पाउने भएको छ । साफ महिला यु–१९ महिला च्याम्पियनसिप आगामी फागुनमा पोखरामा गर्ने एन्फाले जनाएको छ ।

उदयपुरमा राष्ट्रिय महिला नकआउट प्रतियोगिता तथा झापा, मोरङ, मकवानपुर र सुनसरीमा सहिद स्मारक राष्ट्रिय महिला लिग गर्ने एन्फाले तयारी गरेको महासचिव राईले उल्लेख गेका छन् । साथै एन्फाले पहिलोपल्ट फ्रेन्चाइज महिला लिग आयोजनाका लागि तयारी गरेको छ भने नेपाल सुपर लिग (एनएसएल) ले चैतमा आयोजनाका लागि गरेको प्रश्तावमा पनि छिटै छलफल गर्ने जनाएको छ ।

Leave a Reply