रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई कार्यवाहक सभापति अर्यालको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई कार्यवाहक सभापति अर्यालको चेतावनी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई रास्वपाले पूर्णरुपमा सहयोग गरिरहेको भएपनि सरकारले सो अनुसारको व्यवहार गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचनको वातावरण निर्माणमा ध्यान केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगका लागि समेत सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । उहाँले विवेकशील पार्टीसँगको एकतापछि पार्टी झनै बलियो भएको भन्दै ठूलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

Leave a Reply