प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था घातक : पूर्वमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था घातक : पूर्वमन्त्री ज्ञवाली

काठमाडाैं । पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गर्नुभएको छ ।

जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले त्यस्ताे शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउने चेतावनी समेत दिनुभयो ।

जलस्रोतविद् समेत रहनुभएका ज्ञवालीले त्यस्ताे शासन व्यवस्था ल्याउने प्रश्ताव राख्नेहरुले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गर्नुभयो । उहाँले प्रत्यक्ष कार्कारी शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याउनु भयो ।

पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरुले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाउनुभयो ।

Leave a Reply