नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : संयोजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले नेकपा पहिलाे पार्टी बन्ने दाबी गर्नुभएको हो ।

संयाेजक दाहालले आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गर्नुभयो । आफूहरु उमेरले ७० वर्ष कटेपनि जेन–जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गर्नुभयो ।

संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

Leave a Reply