काठमाडाैं । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले बताउनु भयो । प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ पुगेको छ ।
आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उहाँले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गर्नुभयो ।
प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताउनुभयो । विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि बताउनुभयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहति वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताउनुभयो ।





