काठमाडाैं । सुनको मूल्य आज ५ हजार दुई सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन सोमबर एक हजार नाै सयले घटेको सुन आज ५ हजार २ सयले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवार पाँच हजार दुई सयले बढेर प्रतितोला सुनको भाउ दुई लाख ४७ हजार नाै सय कायम भएको छ ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य तीन हजार दुई सय कायम भएको छ । अघिल्लो दिन सोमवार सोही परिमाणको चाँदी तीन हजार एक सय ३५ रुपैयाँमा खरिदविक्री भएको थियो ।
पछिल्ला दिनहरुमा सुनचाँदीको मुल्यमा चरम उतारचढाव देखिँदै आएको छ । मूल्य बढ्नुमा नेपाली करण भन्दा पनि अन्तर्राष्ट्रिय परिदृश्यले नै अर्थ राख्ने गरेको छ ।





