प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित

हेटौंडा, २७ माघ । प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

उम्मेदवारी मनोनयनका लागि तोर्किको दिउँसो १ बजेसम्मको समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो । प्रदेश ३ मा एमालेलाई बहुमत प्राप्त छ । १ सय १० जनाको प्रदेशसभामा एमालेबाट ५८ सांसद छन् । श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

शुक्रबारमात्र एमालेबाट प्रदेश ३ को संसदीय दलको नेतामा डोरमाणि पौडेल निर्वाचित भएका थिए । सभामुखमा निर्विरोध निर्वाचित भएका श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आजै शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);