राज्यले युवाको भावना नबुझ्दा आम नागरिकमा बेचैनी बढ्योः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

राज्यले युवाको भावना नबुझ्दा आम नागरिकमा बेचैनी बढ्योः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यले युवाको भावना समयमै नबुझिदिँदा आम नागरिक बेचैन र विचलित भएको टिप्पणी गर्नुभएको छ । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

युवा पुस्ताको माग सम्बोधन गर्न राज्य गम्भीर भएर लाग्नुपर्नेमा उहाँको जोड छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रतिवेदन हस्तान्तरण गरेपछि प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ का घटनालाई उदाहरण दिँदै युवामा उत्पन्न असन्तोषलाई राज्यले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले युवालाई रचनात्मक मार्गतर्फ डोर्याउनु राज्यको कर्तव्य भएको उल्लेख गर्दै खेलकुद, सामाजिक सेवा र सिर्जनात्मक अभियानमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । हालै पारित युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा परिभाषित गरेको छ । यो समूह १ करोड २४ लाखको जनसंख्यासहित देशको कुल जनसंख्याको ३० प्रतिशत हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply