जेन–जीहरुलाई मिराज ढुंगानाको आग्रह : अहिले निर्वाचनको कुरा नगरौँ | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

जेन–जीहरुलाई मिराज ढुंगानाको आग्रह : अहिले निर्वाचनको कुरा नगरौँ

काठमाडाैं । जेन–जी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गर्नुभएको छ ।
नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान राख्नुभएकाे हाे ।

अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरुलाई आग्रह दिनुभयो । अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी  दिनुभयो ।

अभियन्ता ढुंगानाले युवाहरु विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताउनुभयो ।

Leave a Reply