एमाले छोडेर सबै नेताहरु नेकपामा आउने प्रचण्डकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

एमाले छोडेर सबै नेताहरु नेकपामा आउने प्रचण्डकाे दाबी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गर्नुभएको छ ।  भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्नुहुने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताउनुभयो ।

उहाँले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको बताउनुभयो ।

गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।

Leave a Reply