थाइल्याण्डले कम्बोडियासँगको संयुक्त शान्ति घोषणापत्र स्थगित गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

थाइल्याण्डले कम्बोडियासँगको संयुक्त शान्ति घोषणापत्र स्थगित गर्ने

थाइल्याण्ड,
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सोमवार कम्बोडियासँगको संयुक्त शान्ति घोषणापत्र रोक्न आदेश दिनुभएको छ । साझा सीमाना नजिकै भएको बारुदी सुरुङ विस्फोटमा दुई थाई सैनिक घाइते भएका थिए । अक्टोबर २६ मा आसियान शिखर सम्मेलनमा दुई दक्षिणपूर्वी एशियाली छिमेकीहरूले संयुक्त शान्ति घोषणापत्रमा हस्ताक्षर गरेको केही हप्तापछि यो निर्णय आएको हो । पत्रकारहरूसँग कुरा गर्दै अनुतिनले युद्धबन्दीको रूपमा राखिएका कम्बोडियन सैनिकहरूको योजनावद्ध हस्तान्तरण स्थगित गरिएको बताउनु भयो । थाई सेनाकाअनुसार बारुदी सुरुङ घटना सोमवार बिहान प्रेह विहार मन्दिर नजिकै भएको थियो । जसमा गस्तीमा रहेका दुई थाई सैनिक घाइते भएका थिए । तीमध्ये एकले आफ्नो दाहिने गोलीगाँठो गुमाएका छन् ।

Leave a Reply