जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैनः सुनिल शर्मा | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैनः सुनिल शर्मा

मोरङ

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमान्दार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति नआउने बताउनुभएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभुति र सद्भाव पाइने र जल्नुपर्ने, भाग्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति स्थिति नआउने बताउनु भयो । देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र भएको दाबी गर्नुभयो । कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय अध्ययनकर्ताहरुको अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गरिएको हो । करिव ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास पूर्वसांसद एवं नेपाली काँग्रेसका युवा नेता डा. शर्माले गर्नुभयो । सो क्रममा शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्थानीयकाअनुसार गोहीहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो । वर्षा याममा आवत–जावत जोखिमपूर्ण मात्र नभइ स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो । पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ ।ल बनेपछि करिव हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिनुहुन्छ । राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले बताए ।

Leave a Reply