काठमाडाैं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने भएको छ । बुधबार बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अझै तीन दिन जति बैठक लम्बिने बताउनुभएको हो ।
उहाँका अनुसार बैठकमा नेताहरुले आफ्ना धारणा राखिरहनुभएको छ । समसामयिक राजनीति, गत भदौ २३ र २४ गते जेन जी आन्दोलनले पारेको प्रभाव, संसद पुनः स्थापना, राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा नेताहरुले आफ्ना धारणा राखिरहेको बताउनुभयो ।
पदाधिकारीहरुको समय सकिन लागेकाले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशन नै उपयुक्त हुने आवाज आइरहेको बताउनुभयो ।
उहाँले नियमित महाधिवेशन गर्दा नवयुवाको प्रतिनिधित्व पनि हुने भएकाले निर्वाचनलाई मध्यनजर गरी कार्यतालिका निकालिने र बैठकको अन्तिममा निष्कर्ष निकाल्ने बताउनुभयो ।





