पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

काठमाडौं ।
पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ । स्थानीय समयानुसार मंगलबार बिहान ११ बजेतिर विस्फोट भएको हो ।अदालतको क्यान्टिनमा भएको विस्फोमा परी कम्तीमा १२ जना घाइते भएका छन् ।

पाकिस्तानको समाचार संस्था डनले एसी ९एयर कन्डिसनर०का कारण विस्फोट भएको जनाएको छ । सुरुमा ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको थियो ।विस्फोटका कारण अदालत भवनको केही भागमा क्षति पुगेको छ । बीबीसीले इस्लामावाद प्रहरीका आईजी नासिर रिजवीलाई उद्धृत गर्दै घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ ।विस्फोटपछि आईजी नासिरलगायत अधिकारीले घटनास्थलको निरीक्षण गरेका छन् ।

Leave a Reply