काठमाडाैं । नेकपा एमाले, कास्कीले मोटरसाईकल र्याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाईकल र्याली गरेको हो ।
पार्टीले यो र्यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ । कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्याली गरेका हुन् ।
एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्यालीमा सहभागिता जनाएका थिए





