‘नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ आज बाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ आज बाट सुरु

काठमाडौं, २६ माघ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट ‘नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ सुरु भएको छ । भवन निर्माणका लागि आवश्यक सामग्रीबारे जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको ‘नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ आयोजना गरिएको हो ।

मेलाको उदघाटन गर्दै उपप्रधानमन्त्री एवम् उर्जामन्त्री कमल थापाले उर्जा विकासको माध्यमबाट नेपाललाई समृद्ध बनाउने सरकारको योजना पूरा गर्न यस्ता खालका मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालका लागि भारतीय राजदुत संजिवसिंह पुरीले नेपालको समृद्धिको अभियानमा साथ दिन मेलामा आफ्नो मुलुक पनि सहभागी भएको बताए ।

तीन दिनसम्म चल्ने मेलामा भवन निर्माण तथा यससँग सम्बन्धित सबै सामग्रीबारे विस्तृत जानकारी लिन पाइने मिडिया स्पेस सोलुशन प्रालिका महाप्रबन्धक सृजल भट्टराईले जानकारी दिए । मेलामा भारत, चीनलगायत १५ भन्दा बढी राष्ट्रका व्यवसायी सहभागी छन । मेलाले भूकम्पपछिको पुनर्निर्माणमा पनि सहयोगी हुन सक्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);