काँग्रेसमा आवद्ध जेन–जीको माग : सुशासनको सुरुवात गर्न पार्टीले आन्तरिक सुशासन आयोग गठन गरोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

काँग्रेसमा आवद्ध जेन–जीको माग : सुशासनको सुरुवात गर्न पार्टीले आन्तरिक सुशासन आयोग गठन गरोस्

काठमाडाैं । नेपाली काँग्रेसमा आवद्ध जेन-जी उमेर समूहका प्रतिनिधिमुलक युवाहरूले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो माग राखेका हुन् ।

पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै जेन-जी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न माग राख्नुभयो ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा समेत पार्टी दृढ रुपमा उभिनुपर्ने बताउनुभयो । उहाँले नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गर्नुभयो ।

उहाँले नेपाली काँग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताउनुभयो । उहाँले जेन-जी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यवद्धता आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply