काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन समयमै गराउने बारेमा जेन–जी प्रतिनिधिहरुले आवाज उठाएको बताउनुभएको छ । बुधबार राति बालवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सरकार, राजनीतिक दल र जेन जीबीचको त्रिपक्षिय वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले जेन जी प्रतिनिधिहरुले सुशासन, भ्रष्टाचार नियन्त्रणबारे आफ्नो माग पूरा हुुनपर्ने धारणा राख्नुभएको जानकारी दिनुभयो । जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बारेमा पनि जेन जीहरुले मागहरु राखेका छन् ।
छलफल आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढी केन्द्रित रहेको बताउनुभयो । जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।
उहाँले आन्दालनका क्रममा उठेका मागहरुको सम्बोधन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम हुनुपर्ने माग जेन जी प्रतिनिधिहरुले राख्नुभएको बताउनुभयो । निर्वाचनको समर्थन गर्दै सुशासनको सुनिश्चितताको माग गरिएको बताउनुभयो ।





