काठमाडौँ । नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । प्रदेश नम्बर १ मा संसदीय दलको नेता बन्न सर्वसम्मत नभएपछि आज मतदान भएको थियो ।
एमाले सचिव भीम आचार्य र राई चुनावी प्रतिस्प्रधामा थिए । राईले आचार्यलाई जम्मा २ मतले पराजित गरेका छन् । संसदीय दलको नेता छानिएसँगै राई प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने छन् । राईले २६ मत प्राप्त गरे भने आचार्यले २४ मत प्राप्त गरे ।
यसअघि संसदीय दलको नेतामा जीवन घिमिरेले पनि दाबी गर्दै आएका थिए । अन्तिम चरणमा आएर उनले उम्मेदवारी फिर्ता लिएपछि दुई राई र आचार्यबीच चुनावी भीडन्त भएको थियो । चुनावी भीडन्तमा राईले बाजी मारे ।