काठमाडौ ।
दल दर्ता प्रक्रियाकाको लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा जाने भएको छ ।
दल दर्ताका लागि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा पौने १ बजे दल दर्ताका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।
नेकपाले केही समय अघि नै स्थायी समिति कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य एवं काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल रहने गरी ३ सदस्यीय पार्टी दर्ता गर्न समिति बनाएको थियो ।




