निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई स्वास्थ्यमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई स्वास्थ्यमन्त्रीकाे आग्रह

काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन-जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि उहाँलेसो आग्रह गर्नुभएको हो ।

शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उहाँले अव निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराउनुभयो । मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गर्नुभयो ।

उहाँले घाइते विरामीहरुले आफूलाई अस्पतालको कुरिती र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यस क्रममा उहाँले आफूले गरेका सबै कामहरु पारदर्शी ढंगले जनताको बीचमा लैजाने संकल्प लिएको समेत गर्नुभयो ।

मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेन-जी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो । त्यस क्रममा उहाँले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताउनुभयो ।

Leave a Reply