काठमाडौं। नेपाली बजारमा आइतबार सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनकाे मूल्य प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको हाे ।
यसअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको मूल्य करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस चार हजार तीन सय ५८ अमेरिकी डलरसम्म पुगेको सुनको मूल्य अहिले चार हजार एक सय ११ डलर कायम भएकाे छ ।
नेपालमा भने सार्वजनिक बिदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुन मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपियाँ पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रुपियाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला तीन हजार २८० रुपियाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपियाँ कायम भएको छ ।





