जेनजी आन्दोलनको नाममा अनावश्यक धर्ना–प्रदर्शन नगर्न गृह मन्त्रालयको आग्रह,घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

जेनजी आन्दोलनको नाममा अनावश्यक धर्ना–प्रदर्शन नगर्न गृह मन्त्रालयको आग्रह,घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता

काठमाडौ ।
जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सरकारले अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको छ।गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनकेन्द्रित वातावरण निर्माण हुँदै गरेको स्थितिमा हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ। आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्बाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ।’

Leave a Reply