प्रहरीसँग पर्याप्त स्राेत-साधन नभए निर्वाचन प्रभावित हुनेमा सरकार शतर्क छ : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

प्रहरीसँग पर्याप्त स्राेत-साधन नभए निर्वाचन प्रभावित हुनेमा सरकार शतर्क छ : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्राेत र साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताउनुभएको छ । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रहरीलाई साधन, स्राेतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताउनुभयो । उहाँले सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताउनुभयो ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्र पंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताउनुभयो । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको जिकिर गर्नुभयो । जेन-जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र  श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताउनुभयो । यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । नेपाल प्रहरीलाई साधन, श्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

Leave a Reply