एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८३, शुक्रबार

एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिनुभएको छ ।

बुधबारबाट ललितपुरको जावलखेलमा शुुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले एमाले पुन: सरकारमा फर्किने संकेत गर्न्रुभएकाे हाे ।

अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी समेत गर्नुभयो । उहाँले मुलुकमा अगुवाइ गर्न सक्षम पार्टीको रुपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेको समेत बताउनुभयो ।

Leave a Reply

ताजा समाचार