काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।मंगलवार पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले अगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरुले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाउनेगरेकोमा आपत्ति समेत जनाउनु भयो ।
लोकतन्त्र, संविधान र पार्टीमाथि आक्रमण भएको बेला नेतृत्व परिवर्तनको बहसले पार्टी एकतालाई नै कमजोर बनाउने उहाँको भनाइ छ । उहाँले सभापत्रि देउवाले कार्यवाहक दिइसकेको र आगामी महाधिवेशनपछि नेतृत्व नलिने घोषणा गरिसकेको भन्दै नेतृत्व परिवर्तनबो बहस अन्त्य गर्नुपर्ने बताउनु भयो । बैठकले जेन—जी आन्दोलनका क्रममा नेताहरूमाथि भएको हिंसात्मक आक्रमणको भत्र्सना गरेको पनि बताउनु भयो । उहाँले पार्टीका भातृ संघहरुमा समेत गम्भीर समस्या रहेको भन्दै ति संघसंस्थाहरुलाई पुनःजीवित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।





