कसैको बिरोध गरेर पार्टी बलियो बन्दैनः देउवा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

कसैको बिरोध गरेर पार्टी बलियो बन्दैनः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ ।

शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउनु भयो ।

उहाँले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उहाँले अब युवा पुस्ताकै पालो भएको बताउनु भयो । उहाँले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पार्नुभयो ।

उहाँले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग गर्ने मात्रै रहेको बताउनु भयो ।

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनाउन सकिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);