नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली

काठमाडौ ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन् ।बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन् ।

सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?, प्रश्न गर्दै ओलीले गजबको ड्रामा गरिएको बताए ।‘यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन’, ओलीको भनाई छ । ओलीले आयोगको प्रतिवेदन नमान्ने समेत बताए । ‘के गर्नुस् गर्नुस्’, उनले भने एमाले चिचिपट खेलेर नआएको भन्दै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए ।

Leave a Reply