काउन्टर महाअभियोगबारे परिस्थिति नियाल्दै छौं : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काउन्टर महाअभियोगबारे परिस्थिति नियाल्दै छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल अरु न्यायाधीशलाई काउन्टर महाअभियोग ल्याउने सोच नरहेको संकेत गरेका छन् । परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै ओलीले कुनै पनि बेला जुनसुकै कदम चालिने बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कुनै पनि आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय नगर्ने बताए । सरकार, सत्ता गठबन्धन र अदालतको नेतृत्व कसरी जान्छन् त्यस आधारमा कदम चालिने ओलीले बताएका छन् ।

चुनाव हुन नदिने ढंगले यो महाअभियोग आएको आशंका छ । उनीहरू कसरी आउँछन् हामी हेर्दैछौं,नेतृत्वलाई विश्वास गर्नुस् हामी तत्कालीन परिस्थिति हेरेर निर्णय गर्छौं । आवेग र प्रतिशोधमा होइन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);