जेन-जी आन्दोलन : क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

जेन-जी आन्दोलन : क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड

काठमाडाैं  । जेन-जी आन्दोलबाट क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधवारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबी परेको छ ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब एक अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भएको छ ।

सरकारले पनि क्षतिको प्रारम्भिक आँकलन गरिसकेको छ । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशभर करिव एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो ।

आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पतीमा मात्रै एक खर्ब रुपैयाँ बराबरको क्षति भएको केही दिनअघि अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले जानकारी गराउनुभएको थियो ।

निजी कम्पनीहरुले आफ्नो सम्पत्तिको बीमा गराउने गरेपनि सरकारी सम्पत्तिको खासै नहुँदा सरकारी सम्पत्ति ठूलो मात्रमा गुमेको छ ।

Leave a Reply