काठमाडाैं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोईरालालाई महामानव भन्न नहुने बताउनुभएको छ । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विपी महामानव नभइ राजनेता भएको तर्क गर्नुभयो । उहाँले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गर्नुभयो । विपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको बताउनुभयो ।
विपीले समयानुसार मुलुकको माटो, गहिराइलाई बुझेर अघि बढाउनुभएको र अहिलेसम्म पनि विपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको बताउनुभयो । मनमोहन अधिकारी पनि विपीको नजिकसम्म पुगेको व्यक्ति भएको बताउनुभयो ।
उहाँले माओवादीसहितका राजनीतिक दलहरुले व्यवस्था बदल्नको लागि प्रयोग गरेको बाटो राष्ट्रघाती रहेको बताउनुभयो ।





