शुक्रबारदेखि अतिभारी वर्षाकाे सम्भावना, सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

शुक्रबारदेखि अतिभारी वर्षाकाे सम्भावना, सतर्क रहन आग्रह

काठमाडाैं । आउँदो शुक्रवारदेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमवीद्ले बताएका छन् । दशैंको टीकाको भोलिपल्टदेखि अतिभारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार राति विशेष बुलेटिन निकालेर असोज १७ गतेदेखि भारी हुँदै अतिभारी बर्षाको संभावना रहेको जनाएको छ ।

मौसमबिद्हरुले आउँदो शनिवार र आइतवारका लागि तय भएका सबै लामो दुरीका यात्रा स्थगित गरी सुरक्षित बस्न आहवान गरेका छन् । मौसम पूर्वानुमान् महाशाखाले पनि असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

यस्तो वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्याउने सम्भावना उच्च रहने जलवायु विपद् विज्ञको भनाइ छ । उनीहरुका अनुसार असोज २१ गतेसम्म पनि पानी पर्ने संकेत देखिएका छन् । असोज २१ गतेदेखि बेलुकादेखि भने प्रणाली कमजोर हुने र राति नेपालभर पानी पर्न रोकिने संभावना छ ।

मौसमविदका अनुसार मौसम पूर्वानुमान प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टोबर ३ अर्थात् असोज १७ गते शुक्रवारदेखि शुरु हुने प्रणालीको असरले आरिघोप्टे बर्षाको संभावना उच्च बनेको छ । मौसम प्रक्षेपणका लागि प्रयोग युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फोरकास्ट सिस्टम (जीएसएफ)ले भारीदेखि अतिभारी वर्षा हुने संकेत गरेका छन् ।

यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रवारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । भारतको मौसम बिभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङगाल, बिहार अत्यधिक बर्षाको चेतावनी जारी गरिसकेको छ ।

महाशाखाले निकालेको दशैँ विशेष बुलेटिनमा दशैँको टीकाको दिनदेखि त्रयोदशीसम्म पानी पर्ने भनेको छ । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने छ । त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष अक्टोबर २ तारिख अर्थात् असोज १६ गते दशैंको टीका परेको छ । असोज १६ गते र त्यसपछि पनि मनसुन सक्रिय हुने भएकाले नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलाइ हुने देखिएको छ । नेपालमा यस अघि पनि मनसुन भित्रने र बाहिरिने मितिमा केही अघिपछि हुँदै आएको छ ।

Leave a Reply